राष्ट्रिय कविता महोत्सवमा टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम

‘नेपाल प्रज्ञा–प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत सहभागी । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

काठमाडौँ – राष्ट्रिय कविता महोत्सवमा सुनसरीका कवि टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कविता महोत्सवमा धादिङका कवि यात्रीप्रकाश पाण्डेको कविता ‘आगोमा फुलेको देश’ले द्वतीय स्थान हासिल गरेको छ।

यस्तै भक्तपुरका कवि सीता तुम्खेवाको कविता ‘चरिसो फूल’, सुनसरीका कवि किरन सिवाको कविता ‘बुवाको सिलाइ मेसिन’ र अछामका कवि कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ शिर्षकको कविताले तृतीय स्थान हासिल गरेको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिएका छन्।

प्रज्ञा प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसरमा हरेक वर्ष असार ९ गते राष्ट्रिय कविता महोत्सवको आयोजना गर्दै आएको छ।

महोत्सवमा प्रथम हुनेलाई स्वर्णपदकसहित ५० हजार, द्वतीय हुनेलाई रजत पदकसहित ४० हजार र तेस्रो हुने तीन जनालाई कास्य पदकसहित ३० हजार रुपैयाँ राष्ट्रपतिका हातबाट प्रदान गरिने छ।

महोत्सवमा प्रधानमन्त्री शेरबहादुर देउवा, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले पनि उपस्थित थिए।

असार ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्