कालीकोटमा जीप दुर्घटना, चालकको मृत्यु

सांकेतिक तस्बिर।

कालीकोट – कालीकोटमा बिहीबार जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनवल नगरपालिका–८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

असार ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्