एसिया कपमा स्थान बनाउन नेपाल र यूएई भिड्दै

फाइल तस्बिर

काठमाडौँ – एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग शुक्रबार सामना गर्दैछ ।

मलेसियाको राजधानी कोलालम्पुरस्थित किनरारा ओभरमा हुने खेल बिहान सवा ८ बजेबाट सुरु हुनेछ ।

नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।

यता, युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुग्ने लक्ष्यमा छ । जारी प्रतियोगितामा युएई लयमा देखिएको छ । समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो ।

यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुवै टोली एसिया कपमा छनोट हुनेछन् ।

असार १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्