एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

फाइल तस्बिर

काठमाडाैँ- वर्षासँगै पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक एकतर्फीरूपमा खुलेको छ।

बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय, मुग्लिनले जनाएको छ।

पहिरो खसेपछि गाडी एकतर्फीरूपमा मात्र चलिरहेका छन्।

वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए।

असार १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्