खार्पुनाथ गाउँपालिकाको बजेट ३६ करोड ८८ लाख

सिमकोट – खार्पुनाथ गाउँपालिकाले ३६ करोड ८८ लाख ६४ हजारको बजेट शुुक्रबार गाउँसभाबाट पारित गरेको छ। उपाध्यक्ष ज्ञानबहादुुर सिंहद्वारा प्रस्तुुत बजेटलाई गाउँसभाले पारित गरेको हो।

गाउँपालिका उपाध्यक्ष सिंहद्वारा प्रस्तुुत बजेट भाषणमा आगामी आर्थिक वर्षका लागि कुुल ३६ करोड ८८ लाख ६४ हजार ४५० रुपैयाँको बजेट सभाद्वारा पारित भएको हो।

यसमा कुुल सभाद्वरा पारिद बजेटमा पुुँजीगततर्फ १९ करोड तीन लाख ५० हजार बजेट बिनियोजित भएको छ भने १७ करोड ८५ लाख १४ हजार ४५० चालुु शीर्षकमा बजेट बिनियोजित गरिएको छ।

शिक्षा, स्वास्थ्य, आयआर्जन र पुुर्बाधार बिकासलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारिद गरेको छ।

शुक्रबार सञ्चालन भएको गाउँसभाका प्रस्तुुत गरिएको नीति तथा कार्यक्रममा सो कुरा समेटिएको हो।

गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत विष्णुुबहादुुर शाहीले गाउँसभाद्वारा पारिद भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार बिकासलाई प्राथमिकतामा राखेको बताए।

बजेट तथा कार्यक्रमले आगामी तीन वर्षसम्म पाँच वटै वडाका केन्द्रमा सडक सञ्जाल जोड्ने, एक वर्षका सबै वडाका बस्तीमा विद्युुत् विस्तार गर्ने कुुरालाई समेटिएको छ।

त्यसैगरी, बजेट तथा कार्यक्रमले एक घर एक रोजगार कार्यक्रम सञ्चालन गर्नका लागि बजेटको व्यवस्था गरिएको छ। स्वास्थ्यमा सुुत्केरी महिलालाई पाँच हजार रुपैयाँ गाउँपालिकाले थप प्रोत्साहन भत्ता उपलब्ध गराउने, कुुपोषित बालबालिकालाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, शिक्षामा सुविधा सम्पन्न बालबिकास, सीता माविमा आवासीय छात्रावासको व्यवस्था, लोकसेवा तयारी कक्षामा सहभागिता जनाउने सबै बेरोजगार युवायुवतीलाई शुल्क उपलब्ध गराउने, दलित तथा न्यून आए भएका जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने कुरा समेटिएका छन्।

सभाको अध्यक्षता गाउँपालिका अध्यक्ष कर्णबहादुुर रावलले गरेका थिए। सभाका कार्यपालिकाका सदस्य र गाउँसभाको सदस्यहरूको सहभागिता थियो।

असार १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्