ताँजाकोट गाउँपालिकाको बजेट ३० करोड ४९ लाख सभामा पेस

सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाले उत्पादन र रोजगारी सामाजिक रुपान्तरण हाम्रो अभियान भन्ने लक्ष्य साथ ११ औं गाउँसभामा शुक्रबार ३० करोड ४९ लाख ५९ हजारको बजेट पेस भएको छ।

गाउँपालिका उपाध्यक्ष सुरेन्द्र थापाले आज गाउँसभामा सो बजेट पेस गरेका हुन्।

गाउँसभामा पेस भएको बजेटको श्रोतमा संघीय र प्रदेश सरकारवाट प्राप्त विभिन्नि शीर्षकको बजेट रहेको छ। जसमा संघीय सरकारबाट वित्तीय सम्मानीकरण शीर्षकमा सात करोड २६ लाख, ससर्त अनुदान ११ करोड ४८ लाख, विशेष अनुुदान एक करोड ६० लाख, समपुुरक अनुुदान ७० लाख रहेको छ भने प्रदेश सरकारबाट प्राप्त अनुुदानमा प्रदेश सरकार सम्मानीकरणमा ६२ लाख ४२ हजार, ससर्त अनुुदान दुुई करोड १८ लाख साठी हजार र समपुुरक अनुुदान एक करोड २५ लाख २६ हजार छ।

गाउँपालिका अध्यक्ष लालकेश जैसीले बजेटले प्राथमिकतामा पारेका क्षेत्रमा भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, पर्यटन वन वातावरण रहेको बताए।

बजेटमा उक्तृष्ट कृषक पुरस्कार, किसानसँग साझेदारी कार्यक्रम, पकेट र ब्लक विकास कार्यक्रम नयाँ प्रसातब गरिएको छ। त्यसैगरि बजेट तथा कार्यक्रमले गृहणी तालिम र प्रत्येक वडामा कुटानी पिसानी मिल सञ्चालन गर्ने कुरालाई पनि समेटेको छ।

अध्यक्ष जैशीको अध्यक्षतामा सञ्चालन भएको गाउँसभा आज बजेट पेस गरेर स्थगित गरिएको छ। केही तयारी र छलफल गर्ने भन्दै स्थगन भएको सभा आगाी असार २१ गते बस्ने र सो सभाबाट बजेट पारित हुने उनले बताए। सभामा गाउँसभामा सदस्यहरूको उपस्थिति थियो।

असार १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्