नेचुरल स्प्रिटका सञ्चालक हरि सिटौलासँगको कुराकानी

‘ग्राहकको मागअनुसार ‘सेतो बाघ’ पुर्‍याउनै सकेका छैनौँ’ (भिडियोसहित)

काठमाडौँ – पछिल्लो समय मदिरा उत्पादक कम्पनी नेचुरल स्प्रिटले ल्याएको ‘सेतो बाघ’ ब्राण्डको भोड्काले बजारमा चर्चा पाइरहेको छ।

यसअघि कम्पनीले सारंगी ब्राण्डको ह्विस्की  बिक्री वितरण गर्दै आएको थियो। विगत केही महिनायता भने कम्पनीले सेतो बाघ भोड्काको उत्पादनसमेत सुरु गरेको नेचुरल स्प्रिट कम्पनीका सञ्चालक हरि सिटौला बताउँछन्। सेतो बाघ भोड्का मदिरा पारखीहरुका लागि उत्कृष्ट ब्राण्डको भोड्का रहेको उनको दाबी छ।

यो भोड्का हिमाली झरनाको पानी र युरोपबाट आयातित कच्चापदार्थबाट नेपाली स्वादमा तयार गरिएको कम्पनीले बताएको छ। भोड्का अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पारिएको छ।

लामो समयसम्म अल्कोहलको डिलर सञ्चालनको गरेको अनुभवबाट सिटौलाले आफ्नै कम्पनी दर्ता गरी उत्पादन सुरु गरेका हुन्। उनी भन्छन्, ‘लामो समयको अनुभव पनि भयो। ब्रिक्रिमा भन्दा आफै उत्पादन गर्दा आफूलाई पनि फाइदा हुन्छ, राम्रो हुन्छ भन्ने सोचेर आफैले उत्पादन सुरु गरे।’

उनी विगत २० वर्षदेखि यहि क्षेत्रमा काम गर्दै आएको बताउँछन्। उनले विदेशमा गएर पनि केही समय यही क्षेत्रमै काम गरेको अनुभव सुनाउँछन्।

कम्पनी खोल्छु, आफ्नै उत्पादन सुरु गर्छु भन्ने सोच कसरी आयो भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘यो सोच गरेको त मैले ६/७ वर्ष नै भइसकेको थियो। फेरि फ्याक्ट्रिको लाइसेन्स लिन पनि गाह्रो छ। त्यसैले केही समय लागेको मात्र हो सोच केही अघिबाटै थियो।’

उनी भन्छन्, ‘आफै उत्पादन सुरु गर्छु भन्ने सोच भएकोले लगभग ४/५ वर्षदेखि नै तयारी गरिरहेको थिएँ।’

उत्पादनका क्रममा गुणस्तरलाई विशेष ध्यान दिएको उनी बताउँछन्। ‘नाम आफैमा यूनिक भएकोले र नयाँ उत्पादन भएकोले एकपटक ट्राइ गरौँ न भन्नेहरु पनि थुप्रै हुनुहुन्छ,’ उनी भन्छन्, ‘त्यति मात्र होइन एकपटक सेतो बाघ भोड्का खानुभएकोहरुले दोहोर्‍याएर अरु भोड्का खानुहुन्न। जे होस् सबैले मन पराइदिनुभएको छ।’

बजारमा मागअनुसार आफूहरुले सामान दिन नसकिरहेको उनी बताउँछन्। ‘बजारमा अन्य पुराना ब्राण्डका चर्चित उत्पादनहरु पनि छन् त्यो तुलानामा हाम्रो ब्राण्डको बजार राम्रो छ। नयाँ उत्पादन भए पनि सबैले मन पराइदिनुभएको छ,’ उनी भन्छन, ‘अझ ग्राहकहरुले मागेअनुसार सामान त हामीले पुर्‍याउनै सकेका छैनौँ। एकपटक सामान लैजानेहरु जो कोहिले दोस्रो पटक बढाएर नै सामान मगाउनुहुन्छ।’

गुणस्तरमा ध्यान दिएर नै आफूले मुनाफा लिने सिटौला बताउँछन्। उनी भन्छन्, ‘गुणस्तरमा ध्यान दिएर अनि स्वादमा ध्यान दिएर नै मुनाफा लिने सोचेको छु। बजारमा प्रतिस्पर्धाका लागि राम्रोमा पनि अझै रम्रो उत्पादन चाहिन्छ। हामीले त्यो कुरालाई सधै ध्यानमा राखेर काम गरेका छौँ त्यसैले हामीले सफल्ता पउँछौ भन्ने कुरामा विश्वस्त छौँ।’

मदिरा उत्पादन तथा बिक्रीवितरण सँगसँगै सामाजिक उत्तरदायित्वप्रति पनि त्यत्तिकै जिम्मेवार रहेको कम्पनीले बताएको छ। सोहीअनुसार बाघहरुको संरक्षणमासमेत चासो राख्दै उत्पादनको नाम नै सेतो बाघ राखेको उनले बताएका छन्।

हाल भोड्काको बजार नेपालभरलाई नै टार्गेट गरिएको उनले बताएका छन्।

असार ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्