क्यानडामा फेला पर्यो ३० हजार वर्ष पुरानो ‘म्यामथ’

एजेन्सी – उत्तर-पश्चिमी क्यानडामा जमेको अवस्थामा एउटा ‘वुली म्यामथ’ फेला परेको छ। सो म्यामथ ३० हजार वर्षभन्दा पुरानो भएको विश्वास गरिएको छ।

उक्त म्यामथलाई मंगलबार युकोनको क्लोन्डाइक क्षेत्रमा सुन खानीहरूले फेला पारेका थिए। बुली म्यामथ हात्ती प्रजातिको प्राणी हो। यसको लामो सुँड हुन्छ।

युकोन सरकारले यसलाई सन् २००७ मा साइबेरियामा रसियाले फेला परेको बच्चा म्यामथसँग तुलना गरेको छ। उक्त पोथी बच्चाको नाम नुन चो गा राखिएको छ, जसको अर्थ उक्त क्षेत्रका मूल अमेरिकीहरूले बोल्ने हान भाषामा ‘ठूलो बच्चा जनावर’ हो।

‘नन चो गा सुन्दर छ र संसारमा फेला परेको सबैभन्दा अविश्वसनीय ममीफाइड हिमयुग जनावरमध्ये एक हो’, युकोनका जीवाश्मविद ग्रान्ट जाजुलाले भने।

‘यो सन् २००७ मा फेला परेको साइबेरियन बेबी ल्युबा जत्तिकै आकारको छ, जुन ४२ हजार वर्ष पुरानो थियो’, युकोन सरकारले एक प्रेस विज्ञप्तिमा भन्यो।

असार १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्