‘बाँच्न मुस्किल भयो’ स्टाटस राखेकी गायिका दिलमाया सुनार मृत फेला

काठमाडौँ- लोकदोहोरी गायिका दिलमाया सुनार आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी छन्।

प्रहरी वृत्त बालाजुका अनुसार उनी शनिबार राति करिब ११ बजे काठमाडौँ नेपालटारस्थित आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी हुन्।

३० वर्षीया गायिका सुनार केही लाइभ दोहोरी विशेषतः राजु परियारसँग गाएका गीतले उनलाई निकै चर्चा दिएका थिए। एउटा उदाउँदो कलाकारको मृत्युको खबरले लोक दोहोरी प्रतिष्ठान नै शोक मग्न भएको अध्यक्ष रमेश विजी बताउँछन्।

मृतक गायिकाले आफूलाई बाँच्न मुस्किल भएको भन्दै शुक्रबार राति फेसबुकमा स्टाटससमेत लेखेकी थिइन्। जसले घटना झनै शंकास्पद भएको प्रहरीले जनाएको छ।

प्रहरीले उनको मृत्युको घटना अनुसन्धानका क्रममा एक जनालाई नियन्त्रणमा लिएको छ। शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेका सूर्य श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हाे।

यस्ताे छ उनकाे फेसबुक स्टाटस:

 

असार १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्