बाँके जिप्रकाअगाडि एमालेको धर्ना

नेपालगञ्ज – नेकपा एमाले, बाँकेले किसानलाई तत्काल मल उपलब्ध गराउनुपर्नेलगायत जनजीविकाका सवाललाई लिएर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ।

एमालेले किसानलाई मल उपलब्ध गराउनुपर्ने, महँगी, कालोबजारीलगायतका मुद्दालाई उठाएर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको हो।

केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज सूर्य ढकाल, केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र, जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिलगायत जनवर्गीय संगठनका प्रतिनिधिहरु धर्नामा बसेका थिए।

एमालेका नेता तथा कार्यकर्ताहरु बिहान ११ बजेदेखि दुई घण्टा धर्ना बसेका थिए। जिल्ला अध्यक्ष कक्षपतिले जिल्ला कमिटिको बैठकले एक महिने जनजीविका तथा पार्टी सुदृढीकरण अयिभान थालेकाले सोहीअन्तर्गत धर्ना कार्यक्रम गरिएको जानकारी दिए।

असार १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्