इलाममा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौँ- इलाममा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

इलामको माङसेबुङ गाउँपालिका-२ दहगाउँस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता गंगाबहादुर थापाले बताएका छन्।

दुर्घट्नामा परी ज्यान गुमाउनेमा  पाँचथर मिक्लाजुङ गाउँपालिका-५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र माङसेबुङ गाँउपालिका-६ का ५० वर्षीय प्रकाश राईको मृत्यु भएको हो।

दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारको लागि दमक अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको थापाले बताएका छन्।

प्रहरीका अनुसार आइतबार दिउँसो करिब १२ बजे पाँचथरको रविबाट झापाको दमक आउँदै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो गाडी दुर्घट्नामा परेको हो । गाडी अनियन्त्रीत भइ सडकबाट दुई सय मिटर तल खसेको थियो।

बोलेरो चालक तत्काल फरार रहेको थापाले बताएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

असार १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्