सरकारबाट बाहिरिँदै छन् मन्त्री झाँक्री

फाइल फोटो।

काठमाडौं- नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा गएकी सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आइतबार सरकार छाड्ने निर्णय गरेकी छन्।

उनले यसबारे जानकारी गराउन आइतबार नै मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकी छन्।

त्यस्तै, कर्मचारीसँग विदाइ कार्यक्रम पनि आइतबार नै राखिएको छ।

त्यस्तै, पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा बुझाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पनि आइतबार नै आफ्नो कार्यकालमा भएका कामबारे जानकारी दिन पत्रकार सम्मेलन गरेका छन्।

असार १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्