गाँजासहित सिरहाबाट दुईजना पक्राउ

जनकपुरधाम – लागुऔषध गाँजासहित सिरहाबाट दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–१ मुक्सार टोलका ३४ वर्षीय राम सागर साह र ३० वर्षीय चंखु सदाय रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

शनिबार राति करिब सावा एक बजे इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको प्रहरीको गस्ती टोलीले धनगढीमाई नगरपालिका–१४ हात्तीढुङ्गामा स ३ प ७७९६ नम्बरको मोटरसाइकलमा सवार दुबै जनालाई शंकाको आधारमा चेकजाँच गर्दा दुई वटा बोरामा रहेका २७ किलो ६५० ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले जानकारी दिए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

असार १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्