काठमाडौँ – आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बालकिरण जीवन बीमा बिमितहरुमाझ लोकप्रिय हुँदै गएको जनाएको छ। उक्त बीमा योजना पछिल्लो समय उल्लेख्य संख्यामा बिक्री भइरहेको कम्पनीको भनाइ छ।
बच्चाको जन्मलगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरणसहित चौथो वर्षदेखि नै प्रत्येक वर्ष बीमा रकम फिर्ता हुँदै आउने कम्पनीले जनाएको छ।
यसरी प्रत्येक वर्ष फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताएका छन्।
यस बीमा योजनामा आफ्नो आवश्यकताअनुसारको बीमा अवधि छनौट गर्न सकिने, दुर्घटना तथा बीरामीको थप जोखिम बहन हुने तथा एउटै बीमामा दोहोरो जीवनको बीमा हुने फुयाँलले जानकारी दिए।

भर्खरै
लोकप्रिय






































































































































































































