दाङसँग सिमा जाेडिएकाे भारतीय भूमिमा २ महिला बलात्कार भएको उजुरी

सांकेतिक तस्बिर।

दाङ – भारतीय भूमिमा दुई महिला माथि बलात्कार भएको छ।

भारतीय युवाहरूको समूहले राजपुर गाउँपालिका-६ खांग्रा निवासी २ जना महिलालाई बलात्कार भएको भन्दै पीडितहरु प्रहरीकाे सम्पर्कमा आएकाे इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख रञ्जु केसीले बताइन ।

‘दिउँसो भारतीय बजार गएर फर्किने क्रममा नेपाली महिलाहरुलाइ करणी भएको जानकारी अाएकाे छ´उनले भनिन्-`घटना स्थल भारतीय भुमि हाे ।

भारतीय प्रहरीकाे सहयाेगले अभियुक्त खाेजिरहेका छाैं।´ अाइतबार भारती बजारमा किनमेलका लागि स्थानीय पुग्ने गरेका छन । भाैगाेलिक बिकटताका कारण घटनाको पूर्ण बिवरण अाउन बाँकी छ । केही व्यक्ति माथि लुटपाट भएको समेत बताइएको छ ।

असार १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्