यूक्रेन र रुसको भ्रमण गर्दै इन्डोनेशियाका राष्ट्रपति

इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले युद्ध लडिरहेका देश यूक्रेन र रुसको भ्रमण गर्ने बताएका छन्। उनले आफ्नो समकक्षीलाई भेटेर शान्तिको लागि आग्रह गर्ने बताएका छन्।

उनले रुसी राष्ट्रपतिलाई तत्काल युद्ध विरामको लागि आदेश दिन आग्रह गर्ने बताएका छन्। जोकोले जी–७ समिटमा सहभागी हुन जानु पूर्व भने, ‘युद्ध रोक्न नै पर्नेछ र विश्वको खाद्य आपूर्तिको सञ्जाललाई फेरी फुकाउन जरुरी छ।’

जोकोले ट्वीटमा बताएका छन्, ‘जर्मनीबाट मेरो यूक्रेन र रुसका लागि शान्ति अभियान शुरु हुनेछ । म यूक्रेन जान्छु र राष्ट्रपति जेलेस्कीसँग भेटघाट गर्छु, यसपछि म रुसको राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्नेछु। यी दुई देशमा म आफ्नो मिशनको साथ जानेछु।’

जी ७ देशले रुसको आक्रमणपछि शान्ति स्थापना गर्न र विश्व खाद्य संकट र उर्जा संकटको तत्काल समाधान खोज्नका लागि इन्डोनेशियाको नेताले प्रोत्साहन गर्ने बताएका छन्।

असार १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्