वीरगञ्ज नाका भएर नेपालद्वारा ४५ करोडको कुकुर बिरालोको खाना विदेश निर्यात

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर चालु वर्ष ०७८÷७९ को पछिल्लो ११ महिनाको अवधिमा ४५ करोडभन्दा बढीको कुकुर बिरालोको खाना विदेश निर्यात भएको छ।

नेपालले विदेशी मुलुकमा वीरगञ्ज भन्सार नाका भएर ११ महिनाको अवधिमा ४५ करोड ४ लाख ३७ हजार बराबरको कुकुर बिरालोको खाना विदेशमा निर्यात गरेको हो।

यस अवधिमा नेपालले कुल ३ लाख २ हजार १ सय ६ किलोग्राम कुकुर बिरालोको खाना नेपालले विदेशमा निर्यात गरेको वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकले देखाएको छ।

यो गत आर्थिक वर्षको भन्दा १ लाख ४२ हजार १ सय ६ किलोग्राम कुकुर वा बिरालोको खाना बढी नेपालले निर्यात गरेको हो । गत आर्थिक वर्षको यसै अवधिमा भने नेपालले २१ करोड २३ लाख ५७ हजार बराबरको कुल १ लाख ६० हजार किलोग्राम कुकुर बिरालोको खाना निर्यात गरेको थियो।

चालु वर्षको ११ महिनामा नेपालले वीरगञ्ज भन्सार नाका भएर २० वटा वस्तु विदेशमा निर्यात गरेको छ। जसमा कुकुर बिरालोको खाना निर्यातको स्थानमा १३ आँै नम्बरमा छ। वीरगञ्ज नाका भएर मुख्य रुपमा नेपालबाट भटमासको प्रशोधित तेल, प्रशोधित पाम तेल, सूर्यमुखीको प्रशोधित तेल, फलफूलको जुस, जमोठ कपडा, सेन्थेटिक यार्न, पिनालगायत वस्तु निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकमा उल्लेख छ।

 

असार १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्