कैदीबन्दीलाई मताधिकार दिन सर्वाेच्चको अन्तरिम आदेश

काठमाडौँ – कैदीबन्दीलाई मताधिकार दिन सर्वाेच्चको अन्तरिम आदेश दिएको छ।

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा कैदीबन्दीको मताधिकार सुनिश्चित गर्नु, मतदाता नामावलीमा उनीहरूको नाम समावेश गर्नु र उनीहरूको बालिग मताधिकार प्रयोग गर्नका लागि आवश्यक सबै उपयुक्त व्यवस्था मिलाउनु भन्ने विषयमा कानुनका विद्यार्थी निशान्त पोखरेल र प्रदीक्षा केसीले दर्ता गरेको रिटमा विपक्षीका नाममा माग दाबीबमोजिमको अन्तरिम आदेश जारी भएको हो।

असार १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्