वामदेवको पार्टीमा श्रीमती र छोरा पनि केन्द्रीय सदस्य

फाइल तस्बिर

काठमाडौँ- वामदेव गौतमको पार्टीमा उनकी श्रीमती र छोरा पनि केन्द्रय सदस्य हुने भएका छन्।

गौतम नेतृत्वको नेकपा एकता केन्द्रीय समन्वय समितिमा ७० जना केन्द्रीय समिति सदस्य हुने भएका छन्।

जसमा गौतमकी पत्नी तुल्सी (तुलसा) थापा र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य बन्ने भएका हुन्। थापा संघीय संसद अन्तर्गत प्रतिनिधिसभा सदस्य समेत हुन्।

गौतमले मंगलबार पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्दैछन्।

 

असार १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्