सञ्चालनमा आयो अबरुद्ध पाल्पा-बुटवल सडक

काठमाडौँ- पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालनमा आएको छ।

अविरल वर्षाका कारण पाल्पा खण्डको दोभानबाट सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो।

उक्त क्षेत्रमा पहिरो हटाइएपछि केहीबेरअघिबाट सडक खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

लेदोसहितको पहिरो खसेर बिहानै सडक बन्द हुँदा यात्रुले सास्ती खेप्नुपरेको थियो । सडक खुलेपछि अहिले यस राजमार्ग भएर गुड्ने सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

 

असार १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्