पर्पलको ब्लुटुथ कलिङ स्मार्टवाच नेपाली बजारमा

काठमाडौँ – पर्पलले आफ्ना साथीहरू र परिवारलाई कल गर्न ब्लुटुथ कलिङ स्मार्टवाच बजारमा ल्याएको छ।

शारदा समूहको सिस्टर कम्पनी आइओटी इनकर्पोरेटेडले मंगलबार नेपालमा पर्पल KW1O5 स्मार्ट वाच बजारमा ल्याएको हो।

स्मार्टवाच प्रयोगकर्ताहरूलाई उपयोगी बनाउन ब्लुटुथ पप-अप रिमाइन्डर, विल्ट इन वाटरप्रुफ स्पिकर र एआई असिस्टेन वेक-अप जस्ता सुविधाहरु वाचमा राखिएको छ।

आइओटि इन्कर्पोरेशनका प्रबन्ध निर्देशक नितेश कुमार मुन्द्राका अनुसार पर्पल KW1O5 एक भरपर्दो ब्लुटुथ कलिङ स्मार्टवाच हो। यसको मूल्य ७,४९९ रुपैयाँ मात्र रहेको उनले बताएका छन्।

उनका अनुसार नेपाली बजारमा १० हजार मूल्यभन्दा कममा ब्लुटुथ कलिङ फिचर भएको एक उत्कृस्ट वाच हो।

उनी भन्छन्,’हामी हाम्रा सबै पर्पल स्मार्टवाचमा एक वर्षको वारेन्टी दिइरहेका छौँ, जुन अन्य कुनै पनि स्मार्टवाच ब्रान्डले उपलब्ध गराउँदैन।’

पर्पलका ग्राहकहरूलाई फाइदा पुर्‍याउने उद्देश्यले यो वाच बजारमा ल्याइको उनी बताउँछन्। साथै ग्राहकहरूले अनलाइन पार्टनर दराज  र यसकार्ट मार्फत पर्पल वाच खरिद गर्न सक्नेछन्।

यस्ता छन् विशेषता 

  1. CPU: Goodix5515 + JL AC6959A
  2. RAM: RAM 256 KB, FLASH 64 Mb
  3. Display: 1.69″ HD TFT Display;240*280 Pixels
  4. Touch: Panel Full Touch Screen
  5. Screen: Cover Panel 2.5D High Hardness Glass
  6. Heart Rate Sensor: HRS3300
  7. G-Sensor: SC7A20
  8. BT Version: BLE 5.1 + BT3.0
  9. Battery: 280mAh, 3.8V Lithium Polymer Battery Stand-by Time: 25 Days Typical Use Time: 3-5 day
  10. Speaker: Yes (Waterproof horn)
  11. Microphone: Yes (with silicone sleeve)
असार १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्