पद्मश्री साहित्य पुरस्कारका उत्कृष्ट १५ पुस्तकको सूची घोषणा

काठमाडौँ – पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकमध्येबाट उत्कृष्ट १५ सूची घोषणा गरिएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा १५ पुस्तक छनोट गरेको हो । दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले जानकारी दिए ।

छनौटमा परेका पुस्तक यस्ता छन् ।

अग्नि– डा नवराज लम्साल
अर्को भोर– केशवराज ज्ञवाली
एक सम्बोधन समयमाथि – दीनानाथ शर्मा
काफ्काको काम सकियो – राजव
गुरु –कविता राई
छाइल – लोकराज भट्ट
ताल्चा – दिलीप बान्तवा
निनाद – बल्लरी अलका आत्रये
पैतालामा हिउँ, आँखामा हिमाल – राजेन्द्रमान डंगोल
भिक्षूसँग प्रेम – उषा हमाल
भोजपुरको बाङ्मय – डा विप्लव ढकाल
महाभारा – बसन्त बस्नेत
मिथ्या – दीपक पराजुली
यादहरूको संग्राहलय – केवल विनाबी
सत्यमोहन – गिरीश गिरी

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्