विम्बल्डनकाे पहिलो चरणमै पराजित भइन् सेरेना विलियम्स

एजेन्सी- २३ पटक ग्रान्डस्लाम जितेकी सेरेना विलियम्स बेलायतमा जारी विम्बल्डनको पहिलो चरणमा पराजित हुँदै प्रतियोगितामा पूर्णविराम लगाएकी छन्।

हार्मोनी तानसँग निराश पराजित भएसँगै सेरेना दोस्रो चरणमा पुग्न असफल भएकी हुन्।

तानले सेरेनालाई हराउन तीन घण्टा ११ मिनेट खर्चिनु पर्‍याे। तानले ७-५, १-६, ७-६ (१०-७०ं) को जित निकालिन्।

तानले अब ३२ औँ वरीयताकी सारा सोरिबेस टोर्मोको सामना गर्नेछिन्। साराले क्रिस्टिना म्याकहेलमाथि ६-२,६-१ को जित निकालिन्।

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्