अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

फाइल तस्बिर

काठमाडाैँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-२ स्थित ऐना पहरा नजिक पहिरो खसेर अवरुद्व भएको राजमार्ग सञ्चालनमा आएको छ।

माथिबाट पहिराे खस्दा अवरुद्ध भएको राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछि पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।

बिहान करिब ६ बजेदेखि पहिरो खस्दा राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन रोकिन पुगेका थिए। मुग्लिन, आँबुखैरेनी हुँदै गोरखा जाने सडकमा सवारी साधन पुनः सञ्चालन भए पनि पोखरा जाने राजमार्ग सडक अवरुद्ध नै रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही वडास्थित ढावटारमा भने राजमार्ग अवरुद्ध नै रहेको छ। माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

उनले भने, ‘अब केही समयभित्र सडक चलाउने गरी काम भइरहेको छ।’

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्