काठमाडौँ– आज असार १५ गते। नेपालमा आजको दिनलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ।

यतिबेला देशभरका किसानलाई रोपाइँको  चटारो छ। मनसुन सुरु भएदेखि निरन्तर वर्षा भएका कारण किसानलाई रोपाइँमा केही सहज भएको छ।

काठमाडौँ उपत्यकामा पनि यतिबेला किसानहरु  रोपाइँमा व्यस्त छन्। उपत्यकामा हरेक दिनजसो पानी परिरहेको हुँदा पनि किसानलाई रोपाइँ गर्न सजिलो भएको छ।

यसैबीच ललितपुरको छम्पीका किसान पनि रोपाइँमा व्यस्त छन्। बुधबार उनीहरु खेतमा व्यस्त देखिन्थे।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठ ललितपुरको छम्पी पुगेर खिचेका केही तस्बिरहरुः