नेप्से परिसूचक ४१.३९ अंकले वृद्धि

काठमाडौँ – सेयर बजार मापक नेप्से परिसूचक बुधवार वृद्धि भएको छ।

साताको पहिलो कारोबारको दिन आइतवार उच्च अंकले बढे पनि सोमबार र मंगलबार गिरावट भएको नेप्से परिसूचक बुधवार वृद्धि भएर कारोबार बन्द भएको हो। बुधवार नेप्से परिसूचक ४१.३९ अंक बढेर १९६२.७१ बिन्दुमा पुगेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.६७ अंकले बढेको छ।
बुधवार कारोबारमा आएका २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर १ अर्ब ४३ लाख १४ हजार रुपैयाँ बराबरको खरिद–बिक्री भएको छ। नेप्से परिसूचकमा वृद्धि भएसँगै मंगलवारको तुलनामा कारोबार रकममा पनि केही सुधार भएको छ। अघिल्लो कारोबार दिन १ अर्ब बराबरको सेयर कारोबार भएको थियो।

बुधबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ६.५६ प्रतिशतले बढेको छ।
त्यस्तै,विकास बैंक र वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा धेरै बढेको छ।

बुधवार नेप्से परिसूचकमा वृद्धि भएसँगै दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, वरुण हाइड्रोपावरको सेयरमूल्य ९.४५ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा ५ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री गरेर ङादी गु्रप पावरको शीर्ष स्थानमा छ। एसियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

 

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्