बिपुल क्षेत्रीलाई ग्रामी अवार्डमा मतदान अधिकार

काठमाडौँ- नेपालीभाषी गायक विपुल क्षेत्रीले ग्रामी अवार्डका लागि मतदान गर्न पाउने भएका छन्। विश्वभरिका २ हजारभन्दा बढी सर्जकलाई छान्ने क्रममा ग्रामीको छनौटमा क्षेत्री पनि परेका हुन्।

भारतको कालिम्पोङमा जन्मिएका क्षेत्रीले सन् २०१४ मा रिलिज भएको सांगीतिक एल्बम ‘स्केच अफ दार्जिलिङ’बाट गायनयात्रा सुरु गरेका हुन्।

सन् २०१६ मा उनको ‘माया’ र सन् २०२१ मा ‘समय’ एल्बम रिलिज भएका थिए। वसन्त, गहिरो गहिरो, आशिष, टिस्टा र मुग्लानलगायत उनका प्रसिद्ध सिर्जना हुन्।

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्