‘झिंगेदाउ’ को टिजर सार्वजनिक

काठमाडौँ – ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगेदाउ’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक भएको ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ ।

निर्देशक तथा निर्माता देउजाले झिँगेदाउको अर्थ बुझाउन पनि आफूले टिजर सार्वजनिक गरेको बताए। आगामी भदौ १७ गतेबाट देशभर प्रदर्शनमा चलचित्रको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम सकिएकाले अब पूर्ण रुपमा चलचित्रको प्रचारमा केन्द्रित रहेको निर्देशक देउजाले बताए ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’ मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको चलचित्रमा सह–निर्माताको रुपमा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन् ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको मुख्य भुमिका रहेको छ । चलचित्रमा केकी र आँचल जेठानी देउरानीको भूमिकामा देखिने छन् ।

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्