पर्खाल भत्किएर पुरिएकी वृद्धाको मृत्यु

काठमाडौँ – भक्तपुरमा भत्किएको पर्खालले पुरिएर एक वृद्धाको मृत्यु भएको छ।

बुधबार साँझ ७ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका १०, चित्तपोलको लाकुलीमा रहेो कान्छा श्रेष्ठको घर आँगनमा लगाइएको पर्खाल भत्किएको थियो ।

१२ फिटे कच्ची पर्खाल भत्किएर हिँडिरहेकी ६६ वर्षे नायारण देवी थापाको निधन भएको प्रहरीले जनाएको छ।

उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। यो घटनाका सम्बन्धमा महानगरीय प्रहरी वृत्त जगातीबाट आवश्यक अनुसन्धान भईरहको प्रहरीले जनाएको छ।

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्