फाइल तस्बिर।

बुटवल – बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी भएका छन्।

बिरामी हुनेमा बुटवल उपमहानगरपालिका– १२ नयाँगाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुम बहादुर बिक रहेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीका अनुसार बुधबार जङ्गलबाट ल्याएको च्याउ खाएर उनीहरु बिरामी परेपछि प्रहरीको समन्वयमा अस्पतालमा लगिएको थियो।

उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। बिरामी परेका सबै बेहोस भएको र अवस्था गम्भीर रहेको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ।

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्