सप्तकोशीमा पानीको बहाव बढ्दा २४ ढोका खोलियो

फाइल तस्बिर।

सप्तरी– निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ। सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ।

पानीको बहाव बढेकाले तटिय क्षेत्रका स्थानीयलाई सुरक्षीत रहन आग्रह गरिएको छ।
लगातार परेको पानीका कारण सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकासहितका जिल्लाको दक्षिणी क्षेत्रका बस्तीहरू बढी प्रभावित भएको छ।

सप्तकोसी साथै चुरेसँग जोडिएको खाँडो, महुली, सुन्दरी, जिता, खडक, बलान लगायतका खहरे खोलामा आएको बाढीका कारण केही वस्ती डुबानको जोखिममा परेको स्थानीयहरू छन्।

 

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्