इन्टर फर्किए लुकाकु

एजेन्सी- बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु लोनमा इन्टर मिलान फर्किएका छन्।
गत वर्ष चेल्सीले लुकाकुलाई स्टामफोर्ड ब्रिजमा भित्राउनका लागि ९७.५ मिलियन पाउन्ड खर्चिएको थियो।
केही महिनाअघि लुकाकुले आफू स्टामफोर्ड ब्रिजमा सन्तुष्ट नरहेको भन्दै इन्टर फर्कने इच्छा व्यक्त गरेका थिए।
इन्टरले चेल्सीबाट लुकाकुलाई क्लबमा फर्काउन ६.९ मिलियन पाउन्ड खर्चिएको बताइएको छ।
लुकाकुको प्रेरणादायी प्रदर्शनमा इन्टरले २०२०-२१ सिजनमा इटालियन सिरी एको उपाधि जितेको थियो।
गत सिजन लुकाकुले चेल्सीबाटबाट पहिलो रोजाइमा कम अवसर पाएका थिए। उनले गत सिजन सबै खाले प्रतियोगिता गरी १५ गोल गरेका थिए।