एनएसीका लागि फुटबलर भरत र नवयुग अमेरिका प्रस्थान

काठमाडौँ – विभागीय त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास र नवयुग श्रेष्ठ अमेरिकामा हुने ‘अमेरिका कन्भेन्सन(एनएसी)’ फुटबल प्रतियोगिता खेल्न बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्।

राष्ट्रिय फुटबल टोलीका फरवार्ड समेत रहेका दुवै खेलाडी केही हप्ता अमेरिका रहने जनाइएको छ।

पाचौँ संस्करणको एनएसी प्रतियोगिता खेन दुवै खेलाडी त्यसतर्फ प्रस्थान गरेका हुन्।

भरत र नवयुग दुवैले आयोजकको लस एन्जलस (एलए) को टोलीबाट खेल्नेछन्। हाल भरत राष्ट्रिय टोली बाहिर छन्।

यस्तै, नवयुग श्रेष्ठ पछिल्लो एएफसी एसियन कप छनोटमा नेपाली टोलीको कप्तानी गरेका थिए।

असार १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्