घर भत्किँदा एक बालिकाको मृत्यु

सांकेतिक तस्बिर ।

काठमाडाैँ- कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ। घटनामा परी दुईजना घाइते भएका छन्।

वेदकोट नगरपालिका-५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो।

वेदकोट-४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन्। त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइँ गर्न गएकी थिइन्।

पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए।

घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन्। दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ।

असार १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्