ठूलो दुर्घटनाबाट बचे कांग्रेस उपसभापति गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट बचेका छन्।
उनी सवार बा १९ च १८३९ नम्बरको गाडी आज (बिहीबार) बिहान रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेकाे तर अगाडि ढुंगाको ओट लागेकाले संभावित दुर्घटनाबाट बचेको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्।
ओखलढुंगाबाट फर्किँदै गरेको उनी सवार गाडीमा रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जनलगायत पाँच जना थिए।
ठुलो घट्ना हुनबाट जोगियो!
रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकोले ठुलो घट्ना हुनबाट जोगियो।
भगवानको कृपाले हामी सबै सकुसल छौं। pic.twitter.com/L6KYIoRcjX— Dhan Raj Gurung (@dhanrgrg) June 30, 2022