सेयर बजारमा छलाङ, परिसूचकमा ७५ अंकले वृद्धि

काठमाडौँ – साताको पाँचौँ कारोबार बिहीबार सेयर बजारमा छलाङ आएको छ। केही महिनायतादेखि निरन्तर घटेको सेयर बजार यो साता भने केही सुधार आएको छ।

बिहीबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ७४।९३ अकंले बढेर २०३७.६४ विन्दुमा बन्द भएको छ। बुधबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ४१।३९ अकंले बढेर १९६२।७१ विन्दुमा बन्द भएको थियो।

आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ।

बुधबारको पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४३ करोड ८६ लाख ४३९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँको कारोबार भएको थियो।

आज कारोबारमा समेत सुधार देखिएको छ। शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ। कम्पनीको आज ९ करोड ९५ लाख २० हजार रुपैयाँको कारोबार भएको हो।

त्यस्तै, हिमालयन डिस्टलरीको ७ करोड ९७ लाख ६८ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्स ५ करोड ९९ लाख ३० हजार रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ८३ लाख ८९ हजार रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५ करोड ६९ लाख ३९ हजार रुपैयाँ कारोबार भएको छ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबारको दिन भने पुँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४३ करोड ८६ लाख ४३९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँको कारोबार भएको थियो।

असार १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्