अटो पल्टिँदा धनगढीमा एक जनाको मृत्यु

सांकेतिक तस्बिर।

काठमाडौँ – कैलालीको धनगढी उपमहानगरपालिमा–३ बोराडाँडी चोकमा अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दार्चुला लेकम गाउँपालिका–३ घर भइ हाल धनगढी–४ उत्तरबेहडी बस्दै आएका ५० वर्षीय लक्ष्मणसिंह बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

अटो अचानक अनियन्त्रित भइ पल्टिँदा अटो चालक छाती, पेट र हातमा चोट लागि घाइते भएका थिए। उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। रासस

असार १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्