कर्मचारी बोकेको अस्पतालको बस दुर्घटना हुँदा ३८ जना घाइते, एकको मृत्यु

काठमाडौँ – अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपाको कर्मचारी बोकेको बस दुर्घटनामा परेको छ।

कर्मचारी बोकेर काठमाडौँ आउँदै गरेको बा १ क ५७४७ नम्बरको बस अस्पतालनजिकै भीरबाट खस्दा दुर्घटनामा परेको हो।

काभ्रेका प्रहरी प्रवक्ता एवं डिएसपी हरि खतिवडाका अनुसार ३८ जना घाइते भएका छन्। बसमा कति जना थिए भन्ने एकिन हुन सकेको छैन।

लिककुमारी बस्नेतको मृत्यु भएको उनले बताए।

घटनामा ७ जनाको अवस्था गम्भीर रहेको छ। घटनास्थल पुगेका किरण देउजाका अनुसार बस सडकबाट करिब ३० मिटर तल पुगेको छ।

घाइतेहरुको धुलिखेलकै शीर मेमोरियल र धुलिखेल अस्पतालमा उपचार भइरहेका छ। केही भने सामान्य उपचारपछि घर फर्किएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

असार १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्