गीति संग्रह ‘तृष्णा’ लोकार्पण

काठमाडौँ – पूर्व प्रशासक एवम् गीतकार बुद्धिसागर लामिछाने ‘सागर बाबु’को गीती संग्रह तृष्णा’को लोकार्पण भएको छ।

बिहीबार राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रमको आयोजना गरि गीति संग्रहको लोकार्पण गरिएको हो । गीति संग्रहमा संगीतकार विपिन घिमिरेले संगीत दिएका छन् ।

कार्यक्रममा गायक स्वरुपराज अधिकारीले गीत निकै सुन्दर बनेको उल्लेख गरे । वरिष्ठ संगीतकार सुरेश आचार्यले आफूले जानकार वा संगीतकार नभइ श्रोताको रूपमा टिप्पणी गरेको जनाए । सच्चा राष्ट्र सेवकको अनुभव गीतमा समेटिएको उनले बताए । नेपाल बन्न पूरानो पाराले बन्दैन, गीतमा यसले सोही भाव देखाएको उनको भनाइ छ ।

संगीतमा पनि राम्रो मेहनत देखिएको अधिकारीको भनाइ छ ।

उनले भने,’कुनै पनि गायकले चिटिङ गर्न नपाउने गरी उहाँको गायकी प्रस्तुत गरिएको छ,’ उनले भने,’८४ व्यञ्जनपछि पनिश्रोताले ८५ व्यञ्जनको चटनी खान पाउनेछन् ।’

गीतिसंग्रहमा शिक्षित बेरोजगारको समेत व्यथा उतारिएको छ । उनले गीत कर्णप्रिय मात्र नभई मर्मस्पर्शी पनि रहेको बताए । कार्यक्रममा वरिष्ठ गीतकार दिनेश अधिकारीले गीतले आफैं भाग्य लिएर आएको हुने भन्दै गीतको सफलताको शुभकामना व्यक्त गरे ।

‘देश त यहाँ छँदैछ, परिवेश पनि छ,’ उनले भने,’तटस्थ भावमा देशको कबबारेमा चिन्ता गरिएको छ, जुन निकै राम्रो छ,’ उनले भने ।

‘एल्बममा बालापन, वैंशको चहकमहक छ, क्रमश उमेर बढ्दै गएको र पछि पिरतिमा धोका खाने उमेर पनि रहेको छ, उनले थपे,’अन्तिममा जीवनसँग सन्तुष्ट भइँदैन तर भाग्न पनि सकिदैन भन्ने जीवनको यथार्थतालाई गीतमा समावेश गरिएको छ ।’

उनले यो एल्बम ले सबै उमेर समूहलाई समेटेको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती गीति क्षेत्रमा सागर बाबुको प्रवेश सुखद देखिएको बताए ।

उनले लहडैलहडमा गीत नल्याएर परिपक्व ढंगले गीत ल्याइरहन सक्नु राम्रो भएको बताए । उनले सागर बाबू परिपक्व भएकाले लहडको सिकार नहसन सुझाए । गीति संग्रहमा बाल गीतसमेत समावेश गरिएको छ ।

गीतकार सागरबाबुको यो पहिलो गीति संग्रह हो । गीतमा सत्यराज आचार्य, स्वरुपराज आचार्य लगायतले स्वर दिएका छन् । कार्यक्रम सञ्चालन प्रभाकर dev sharmaगरेका थिए भने सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले समापन गरेका थिए ।

असार १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्