जुम्लामा जिल्ला स्तरीय कृषि मेला स् चिनोदेखि, भाँगोसम्म प्रदर्शनी 

जुम्ला – जुम्लामा जिल्ला स्तरीय कृषि  मेला प्रदर्शनी भएको छ। जुम्लाका कृषकले उत्पादन गरेको बिभिन्न कृषि जन्य उत्पादनहरु प्रदर्शनीमा राखेको हो।

 

उत्कृष्ठ कृषक समूह, सहकारी, कृषकहरुलाइ नगद प्रमाणपत्र प्रदान गरिएको छ।  तिलागाउँपालिका १ की मेनका बुढा कृषि विकास कार्यालय जुम्लाले आयोजना गरेको  कृषि मेलामा तेलन बाली भाँगो प्रशर्दनी गरेकी थिइन्। उनी द्वितीय भइन्। उनलाइ नगद, प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ। जिल्लाभरका कृषकलाई कृषि मेलामा सहभागि हुन भने पनि मौसमका कारण र भौगोलिक बिकटताका कारण सबै कृषक सहभागी हुन नसकेको कृषि बिकास कार्यालय जुम्लाले बताएको छ।

 

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आर्चायले तेलहन,दलहन र फलफूलले भरिपूर्ण रहेको मेला खुल्ला  ठाउमा  हुनु पर्ने बताए। बिगतको स्मरण गर्दै कुनै बेला हरितालिका९ तिजको० बेला यस्ता मेला हुने गरेको बताए।

कृषि प्रदर्शशनी मेलामा आठवटा बाली समूहको सहभागीता रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए। उनले भने,  तेलन,बाली, दलन बाली , फलफूल बाली, नगदे बाली, तरकारी बाली,  बिविध  बाली लगायतका जुम्लामा उत्पादन भएको बस्तुको प्रदर्शनी गरिएको हो।

त्यस्तै जुम्लाको अर्गानीक तरकारी तथा फलफुल उत्पादन बढ्दो रहेकोले सबैले कृषिमा ध्यान दिन चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए। उनले भने, ुमेलाले कृषकलाइ उत्साहित जागरुक बनाएको  छ। यस्ता कार्यक्रम प्रदेश सरकारले कृषिका लागि अझै धेरै सहयोग गर्ने प्रतिबद्धता गरेको छ। स्याउ, ओखर, मुला, काँख्रा, चिनो, कागुनो, भटमास, फर्सि , भटमास, मास , मसुरो ,  जौँ , गेरास , भाँगो, तोरी ,मार्से लगायतका अन्य कृषी उत्पादन राखिएका छन्।

त्यस्तै प्रमुख  जिल्ला अधिकारी  बिजया कुमारी  प्रसाइले कृषि उत्पादनमा सबै भन्दा बढी महिलाको सहभागीता बढेको बताइन्। उनले भनिन्,’पुरुषको  तुलनामा महिलालाई  कार्याबोझ बढी देखिन्छ। महिलाले उत्पादन गरेको तरकारी नगरपालिकाले बारीमै पुगेर ल्याइदिने गरेको खण्डमा महिलाको कार्यबोझमा कमी ल्याउन सकिन्छ।ु

जुम्लाका महिला आफैं तरकारी बोकेर  बजारसम्म ल्याउने गरेका छन्। आफूले उत्पादन गरेको तरकारी स्थानीय सरकारले  सहज बजार कारणको ब्यवस्था नगरेका कारण डोकोमा तरकारी बोकेर तीन घण्टाको  पौदल यात्रा गर्न बाध्य छन्। जिल्ला स्तरीय  प्रदर्शनी कृषि मेलामा  ४१ जना किसानले भाग लिएका थिए।

असार १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्