प्रेमीसँग भेटेको आमाले देखेपछि छोरीको हत्या

वीरगञ्ज – पर्सा प्रहरीले आधा जलेको किशोरीको शव नियन्त्रणमा लिएको किशोरीको हत्या भएको खुलेको छ।

बहुदरमाइ नगरपालिक- ७ विश्रामपुर छपकैयाकी १६ वर्षकी किशोरीको शव बुधबार राती ११ बजे सोही स्थानको समशानघाटबाट नियन्त्रणमा लिएको थियो।

किशोरीको हत्या भएको आरोपमा प्रहरीले मृतक किशोरीकी आमा आशा देवी ,ठुली आमा उर्मिला देवी र दिदी १८ वर्षीया किशोरीलाई पक्राउ गरेको हो।

पक्राउ परेका तीनैजना सँत सोधपुछ गर्ने क्रममा किशोरीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ।

मृतक किशोरी गाउँकै एक युवकसँग प्रेममा रहेको तथा तीन चार दिन पहिले प्रेमीलाई किशोरीले आफ्नै घर नजिकै भेट्न बोलाएको बेला उनकी आमाले देखेकी थिइन्।

मृतककी आमासहित घरपरिवारको सदस्यहरू मिलेरकिशोरीलाई निर्घात कुटपिट गरेको र घरबाट बाहिर आउन-जानमा कडाइ गरेका थिए।

सोही क्रममा किशोरीले आफ्नै पसलमा बिक्री गर्न राखिएको विषादी सेवन गरेकी थिइन्। विष सेवन गरेको जानकारी पाइसक्दा समेत उपचार गर्न नलगी किशोरीलाई उनका परिवारले कोठामा थुनी राखेका कारण मृत्यु भएको पर्साका डिएसपी प्रहलाद कार्कीले जानकारी दिए।

किशोरीको शवलाइ मोटर साइकलमा राखी ढोङ्गी खोलाको किनारमा रहेको मसानघाटमा जलाउन लागेका थिए।

सोही बेला पुगेको प्रहरीले शवसहित मृतककी आमा,दिदी र ठुली आमासहित शव लैजान प्रयोग गरिएको ना ४२ प ७६९७ र ना २१ प ६८७ नम्बरको मोटर साइकलसमेत नियन्त्रणमा लिएको कार्कीले बताए।

घटनामा संलगन रहेका अन्य फरार भएको तथा उनीहरुको खोजी भइरहेको उनले बताए।

पक्राउ परेका तिनै जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ गरिएको मोटरसाइकलः

असार १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्