काठमाडाैँ- सुन्धारास्थित प्राचीन जगन्नाथ मन्दिरबाट ऐतिहासिक जगन्नाथ रथयात्रा सुरु गरिएको छ।

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (स्कोन नेपाल)ले जगन्नाथ रथयात्राकाे आयोजना गरेको हाे।

रथयात्रामा सरिक हुँदै राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी थिइन्।

स्कोनको तर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न यात्राको आयोजना गरिएको बताए।

सुन्धाराबाट सुरु भएको रथयात्रा सहर परिक्रमा गरी साँझ वसन्तपुरमा पुगेर सांस्कृतिक कार्यक्रमसहित समापन हुन्छ।

हेर्नुहाेस् तस्बिरहरू: