नबिल बैंककाे सिइओको कार्यभार ज्ञानेन्द्र ढुंगानाले सम्हाले

काठमाडौँ- ज्ञानेन्द्र ढुंगानाले नबिल बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ)को कार्यभार सम्हालेका छन्।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ढुंगानालाई सिइओमा नियुक्त गरेको थियो।

उनले शुक्रबारबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन्।

अनिल केशरी शाह सेवानिवृत्त भएपछि बैंकले ढुंगानालाई सिइओमा नियुक्त गरेको हो।

असार १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्