रुसी राष्ट्रपति पुटिन र इन्डाेनेसियाका राष्ट्रपति विडाेडाेबीच भेटवार्ता

एजेन्सी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोबीच भेटवार्ता भएको छ

हिजाे बिहीबार उनीहरूबीच मस्कोमा भएको भेटवार्ताका क्रममा उनीहरूबीच युक्रेनको पछिल्लो अवस्था र खाद्य आपूर्तिका विषयमा भेटवार्ता भएकाे हाे।

पछिल्लो समयमा विश्वमा नै खाद्यान्नको अभाव भएका समाचारहरू आइरहेका छन्।

रुस र युक्रेनका बीचमा युद्ध सुरु भएपछि विश्वमा खाद्यान्न अभाव भएको बताइएको छ। खाद्यान्न आपूर्ति प्रणालीमा आएको असन्तुलनका कारण खाद्यान्न अभाव भएको बताइएको छ।

साथै, पुटिन र विडाेडाेबीच वार्ताका क्रममा कृषि मलको आपूर्तिका विषयमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ।

त्यसवार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले आगामी दिनमा रुसले छिमेकी देश तथा इन्डोनेसियाका लागि आवश्यक पर्ने कृषि मल उपलब्ध गराउने बताएकाे क्रेमलिनले जानकारी दिएको छ।

उनले रुस र युक्रेनको पछिल्लो अवस्थाका बारेमा त्यस अवसरमा जानकारी गराएकाे बताइएको छ। उता, अर्काे एक समाचारमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने रुससँग लड्नका लागि आवश्यक सहयोग उपलब्ध गराउन नेटो राष्ट्रहरूलाई आग्रह गरेका छन्।

उनले नेटोको सम्मेलनलाई हालै सम्बोधन गर्दै युक्रेनका लागि प्रति महिना कम्तीमा पनि पाँच अर्ब अमेरिकी डलर सहयोग आवश्यक रहेको बताएका थिए।

असार १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्