पूर्व विद्यार्थी शाहद्वारा सूर्योदय माविलाई सहयोग

नेपालगञ्ज – चिसापानीका अनुपविक्रम शाहले आफू पढेको सूर्योदय माविलाई ठूलो सहयोग जुटाएका छन् ।
शाहले किन्डरहिल्प नेपाल नामक संस्थामार्फत स्कूललाई ल्याप्टप, कम्प्यूटर, वाटर रिफाइन प्लान्ट, छात्राबृत्ति, शिक्षकलाई तालिमसहित विविधि खेलकुद सामाग्री सहयोग गराएका हुन् । शाहले संस्थाका अधिकारीहरु मुगुको रारा जाने बेलामा सूर्योदय माविको भ्रमण गराएका थिए । त्यसक्रममा स्कूललाई सहयोग गर्ने बचन दिइएको थियो।

आफू पढेको स्कूललाई सहयोग जुटाउन पाएकोमा गौरान्वित भएको शाहले बताए । ‘चार दशक अघि हामी यो स्कूलमा भूइमा बसेर पढ्थ्यौ, शाहले भने, आफू पढेको स्कूललाई केही न केही सहयोग गरौं भन्ने लागिरहन्थ्यो । तीन वर्ष हाम्रो एउटा टीम रारा जाने क्रममा स्कूलको भ्रमण गराउदा सहयोग गर्ने बचनबद्धता भएको थियो । त्यही अनुसार अहिले सहयोग भयो । यो स्कूलका लागि म जहिले पनि सहयोग जुटाउने प्रयासमा हुन्छु ।’

शाहले स्कूललाई दुई सेट टीटी ब्याट चार सेट, टीटी बल २५ वटा, बास्केटबल पोलसहित कोर्ट निर्माण, ल्याप्टप दुई वटा, डेस्कटप कम्प्यूटर तीन वटा, प्रिन्टर एउटा, वाटर रिफाइन प्लान्ट एउटा, एक जना शिक्षकलाई एक महिने एड्भान्स कम्प्यूटर तालिम र २० जना विद्यार्थीलाई मासिक दुई हजारको दरले छात्राबृत्ति ९चार जना विद्यार्थी अन्य स्कूलको० उपलब्ध गराएका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगीसरा सुनारको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, वडा नं। १ का अध्यक्ष रुपबहादुर मल्ल, वडा नं। २ का अध्यक्ष राजु रुचाल, प्रधानाध्यापक दिनेश नेपालीलगायतको सहभागिता थियो ।

सूर्योदय माविका व्यवस्थापन समितिका अध्यक्ष रहिसकेका गाउँपालिकाका अध्यक्ष शाहले सूर्योदयलाई नमूना स्कूल बनाउनु पर्नेमा जोड दिए । उनले आफू व्यवस्थापन समितिको अध्यक्ष भएको स्कूललाई सक्दो सहयोग गर्ने बचनबद्धता गरे । स्कूलले सहयोग जुटाएका शाहलाई सम्मान गरेको थियो।

असार १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्