नार्न पर्यो अब

गर्छु भने कति कति टार्न पर्यो अब
बाचा गरे जति सबै सार्न पर्यो अब।।
के होला कसो हो पछि कस्ले जान्नु
तात्तातै आफ्ना हात पार्न पर्यो अब।।
कुरि बस्दा अरुले चपाइ खालान् भनि
झटाराले हानि काँचै झार्न पर्यो अब।।
आड बनाइ मेचको खाँदा स्वादै फरक
लुकाएका दारा दाँतले दार्न पर्यो अब।।
असार लाग्यो खेतमा बजेटतिर समेत
मल बिना रोप्न गोरु नार्न पर्यो अब।।