मेलम्ची-हेलम्बु सडक अवरुद्ध

फाइल तस्बिर

सिन्धुपाल्चाेक- मेलम्ची-हेलम्बु सडक अवरुद्ध भएकाे छ।

मेलम्ची खोलाको बहाब बढेका कारण मेलम्ची-११ सिमखेतमा बाटो अवरुद्ध भएको हो।

बाटाे अवरुद्ध भएसँगै हेलम्बु मेलम्चीका विभिन्न यातायातका साधनहरू अलपत्र परेका छन्।

बिहानैदेखि विभिन्न गन्तव्यका लागि निस्किएका यात्रुवाहक र निजी सवारी साधन बीच बाटोमै अलपत्र पर्दा सर्वसाधारणले सास्ती खेप्न परेको छ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ।

असार १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्