बाँकेका दुईसहित चार जनालाई कोरोना

नेपालगञ्ज – नेपालगञ्जको जमुनाहा नाकामा बाँकेका दुईसहित चार जनालाई कोरोना पुष्टि भएको छ ।

जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, बाँकेको कोहलपुर र बैजनाथ गाउँपालिकाका, दैलेख र सल्यानका एक÷एक जनालाई कोरोना पुष्टि भएको छ।

कोरोना पुष्टि भएकाहरु गुजरात, सिमला र मसुरी आएका थिए । नाकामा शनिबार एक सय ५१ जनाको जाँच गरिएको थियो । असारमा दुई हजार एक सय ७० जनाको जाँच गर्दा ३९ जनालाई कोरोना पुष्टि भएको छ।

असार १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्