महिनामा ६ करोडको कुर्कुरे, कुर्मुरे, लेज र चिजबल्स आयात

वीरगञ्ज – एक महिनामै ६ करोडभन्दा बढीको कुर्कुरे, कुर्मुरे, लेज र चिजबल्स आयात हुने गरेको छ।

०७८/७९ को ११ महिनामा विभिन्न देशबाट आयात भएको कुर्कुरे, कुर्मुरे, लेज र चिजबल्सको परिमाण र मूल्यअनुसार नेपालीले एक महिनामा ६ करोडभन्दा बढीको यस्ता खानेकुरा खाने गरेका छन्।

चालु वर्षको ११ महिनामा विदेशका १२ तथ अन्य देशबाट गरी नेपालमा ६६ करोड ६५ लाख २६ हजार बराबरकोे एक रोड २४ लाख २४ हजार ३ सय ७१ किलो कुर्कुरे, कुर्मुरे, लेज र चिजबल्स आयात भएको भन्सार विभागको तथ्यांक छ।

यस आँकडाअनुसार नेपालमा प्रतिमहिना नेपालीले ६ करोड ५ लाख ९३ हजार २ सय ७२ रुपैयाँ ७२ पैसाको कुर्कुरे, कुर्मुरे, लेज र चिजबल्स खाने गरेको देखिन्छ।

यस्तै, मलेसियाबाट १२ करोड २३ लाख २६ हजार बराबर १ लाख ५० हजार २४७ किलो, कोरियाबाट ७७ लाख ३८ हजारको १६ हजार ९१८ किलो, अमेरिकाबाट ६५ लाख १५ हजारको ७ हजार ३९ किलो,युकेबाट ९ लाख ६० हजारको १ हजार २४७ किलो कुर्कुरे, कुर्मुरे, लेज र चिजबल्स नेपालमा आयात भएको छ।

त्यस्तै, साउदी अरेबियाबाट ९ लाख २३ हजारको ४ सय ६ किलो, बंगलादेशबाट २ लाख ६५ हजारको ४ सय किलो, चीनबाट १ लाख ९ हजारको ३९० किलो, जापानबाट १ लाख १८ हजारको ९७ किलो, इन्डोनेसियाबाट एक हजारको ८ किलो, ताइवान र थाइल्यन्डबाट २ समान २/२ हजार बराबरको २÷२ किलो कुर्कुरे, कुर्मुरे, लेज र चिजबल्स नेपालमा आयात भएको भन्सार विभागले जनाएको छ।

यसैगरी, चालु आर्थिक वर्षको ११ महिनाकै अवधिमा अन्य देशबाट २३ लाख ७६ हजार बराबरको ३ हजार १८८ किलो कुर्कुरे, कुर्मुरे, लेज र चिजबल्स नेपालमा आयात भएको छ।

नेपालमा खासगरी कुर्कुरे, कुमुरे, लेज र चिजबल्स धनी मानिसले खाने गरेका छन्।

त्यसैगरी, चालु वर्ष ०७८/७९ को ११ महिनाको अवधिमा नेपालीले एक महिनामा डेढ करोडभन्दा बढीको पापड पनि विदेशबाट आयात गरेका छन्। भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार ११ महिनाको अवधिमा विदेशबाट नेपालमा १९ करोड ९४ लाख ६७ हजार बराबरको कुल १० लाख ९७ हजार ८२४ किलो पापड आयात गरिएको छ।

यस आँकडाअनुसार एक महिनामा एक करोड ८१ लाख ३३ हजार ३६३ रुपैयाँ ६३ पैसाको पापड आयात हुने गरेको छ।
चालु वर्षको ११ महिनामा भारतबाट नेपालमा १९ करोड ९२ लाख ९३ हजार बराबरको १० लाख ९६ हजार ४३७ किलो र चीनबाट एक लाख ७४ हजार बराबरको १ हजार ३८७ किलो पापड आयात भएको भन्सार विभागले जानकारी दिएको छ।

असार १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्