यस्तो आजको विदेशी मुद्राको विनिमय दर

सांकेतिक तस्बिर ।

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६ दशमलव १८ पैसा र बिक्री दर १२६ दशमलव ७८ पैसा तोकेको छ। पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ।

यसैगरी, युरो १ को खरिददर १३१ दशमलव ९० पैसा र बिक्री दर १३२ दशमलव ५२ रुपैयाँ तोकेको छ।

अष्ट्रेलियन डलर १ को खरिद दर ८५ दशमलव ७६ पैसा र बिक्री दर ८६ दशमलब १७ पैसा रहेको छ।

जापानी येन १० को ९ दशमलव ३२ पैसा रहेको छ। बिक्री दर ९ दशमलव ३७ पैसा रहेको छ। यस्तै, चइनिज युआन १ को १८ दशमलव ८३ पैसा बिक्रीदर १८ दशमलव ९२ पैसा रहेको छ।

कतार रियाल १ को ३४ दशमलव ४६ पैसा रहेको छ। बिक्री दर ३४ दशमलव ६२ पैसा रहेको छ।

साउदी अरब रियाल १ को खरिददर ३३ दशमलव ६३ र बिक्री दर ३३ दशमलव ७९ पैसा रहेको छ।

असार १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्